
- Target:
- सुन्दर नगरी कपुरकोटलाई जोगाऔ
- Region:
- Nepal
- Website:
- dhurvaji.blogspot.in
कपुरकोट बजार नेपालकै उच्च पहिरोको जोखिममा रहेको स्थान हो । यहाँका बासिन्दाहरु पहिरोको सन्त्रासमा बसिरहेका छन ।
KAPURKOT BAJAAR !
- तरकारीको केन्द्र !
- सल्यानको ब्यापारीक केन्द्र मध्यको एक केन्द्र !
- सल्यान प्रबेश गर्दा सुरुमै पर्ने ठुलो बजार/केन्द्र !!
- यहाँ देशकै दोश्रो ठुलो तरकारी संकलन केन्द्र ( बेमौसमी तरकारी ) समेत अबस्थित छ । १५ हजार किसानहरु आबद्द रहेको कृषि उपज केन्द्रबाट मात्रै ४००० मेट्रिक टन जती तरकारी बाहिर निर्यात हुने गर्दछ । जसबाट जिल्लामा करीब २५ करोड जती रकम भित्रिने गर्दछ ।
- यहाँ राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्र पनि अबस्थित छ ।
html
यस्तो महत्वपूर्ण भुमी यतीबेला भौगोलिक संकटमा छ । यहाँको जमिन बर्सेनी डेढ देखी २ मिटरको हिसाबमा भास्सीरहेको छ । घरहरु भास्सिदा हालसम्म ५० बढी परीवारहरु बिस्तापित नै भइसकेका छन । आकाशमा कालो बादल मडारीन थालेसँगै कपुरकोटबासिको मनमा पनि बादल लाग्ने गर्दछ । अली दर्केर पानी पर्दिने हो भने यहाँका बासीन्दाहरु त्रासले रातभर निदाउन सक्दैनन । त्रासमा बस्न वाध्य हुन्छन । बर्खामा आज हो कि भोली हो भन्ने त्रासमा बस्छन स्थानियहरु । समयमै ख्याल नदिए सिङ्गो बजारको नै अस्तित्व मेटिन सक्छ ।
कपुरकोटलाई बचाउन सरकारकै मुख ताक्नु पर्ने देखिएको छ । किनकी यसको समाधानका निम्ती लार्ज स्केलमा सरकारले बजेट छुट्ट्याउनु पर्छ । यसको निम्ती सरकारलाई भद्र रुपमा दबाद दिऔ । एउटा आँफैमा महत्वपूर्ण भुमी यसरी संकटमा रहदा हामी सल्यानका अन्य ठाउँमा बासीन्दाहरुलाई पनि चित्त दुखेको छ । सरकार लगाएत अन्य निकायको यथासिघ्र ध्यान जाओस । यदी समयमा ध्यान दिइने होइन र यस्तै हेलचक्राइ गरियो भने कपुरकोट बजार त भासिन्छ नै । यसले दाङको तुल्सिपुरको भविस्यमा पनि त्यती राम्रो सन्केत गर्दैन । किनकी त्यो थुम्को यदी झर्ने हो भने यो पातुखोलाकै मुहानमा झर्छ सुरुमा ।
Prevention Is Better Than cure "
पूर्व साबधानी अपनाऔ ।
सरकार हाम्रो जिल्लाको एउटा महत्वपूर्ण भुमी संकटमा छ ! अब बचेँको जती भुभागलाई जोगाइदिनुस् । त्यसपछी यस भुमीले बुटवल देखी सुदुरपस्चिमका बजारमा मात्रै नभएर सिङ्गो देशैभरी ताजा ताजा तरकारी निर्यात गर्न सक्षम हुने छ ।
आदरनिय समस्त सल्यानी महानुभावहरु हाम्रो महत्वपूर्ण भुमी यतीबेला संकटमा छ । पहिरोको उच्च जोखिममा छ । तसर्थ हामीहरु सबैले भद्र रुपमा सरकारलाई यस बारेमा दबाब दिनु पर्छ । एक जना , दुई जना हुँदै सबै सल्यानीको फेसबुकमा यस्तै दबाबमुलक कुराहरु राख्यौ,सेयर गर्यौ भने कतै न कतैबाट हाम्रो पिडा सुनुवाई होस । आउनुहोस यस पेटीसनमा सहभागी बनेर सरकारलाई भद्र रुपमा दबाब दिऔ - डिजीटल माध्यमबाटै !
.................................
अब हामी एकजुट हुने बेला आइसकेको छ ।
एक सेयर गरौ र सामाजिक सन्जालमा भद्र रुपमा दबाद दिऔ ।
चुनाव सकिएसी भद्र रुपमै हाम्रा जनप्रतिनिधीहरुलाई यस बारेमा घचघच्याइ राखौ ।
र त्यसपछी पनि हाम्रो भुमी कपुरकोट प्रती सरकारी चासो गएन भने कपुरकोट बासीको अगुवाइमा हामी समस्त सल्यानीहरुले दबाबमुलक हस्ताक्षर अभियान चलाउने छौ र सिंहदरबारमा गएर प्रधानमन्त्री समक्ष डेलीगेसन बुझाउने छौ ।
You can further help this campaign by sponsoring it
The सुन्दर नगरी कपुरकोटलाई जोगाऔ petition to सुन्दर नगरी कपुरकोटलाई जोगाऔ was written by Salyan Drishtikon and is in the category Civil Rights at GoPetition.